काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुनको मूल्य सामान्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर नेपाली बजारमा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी तेजाबी सुनको मूल्य पनि तोलामा ६ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनएको छ ।