काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २ सय ६८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका नयाँ बिरामी थपिएका छन् । कोरोना भाइरसको सङ्क्रमण परीक्षण गर्ने क्रममा ६ हजार ७ सय ५३ पीसीआर परीक्षण गर्दा १ हजार २४ जनामा र ३ हजार १ सय २२ एन्टिजेन परीक्षण गर्दा २ सय ४४ जनामा कोरोना भाएरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


आज शनिबार २ हजार १ सय ९५ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुँदा सङ्क्रमित भएका मध्ये पछिल्लो २४ घण्टामा देशभर ९ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना भाइरसको सङ्क्रमणका कारण १० हजार ८ सय १८ जनाले ज्यान गुमाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ३१ हजार ८ सय २८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।


यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यसरी पुष्टि हुनेमध्ये काठमाडौंमा २ सय २९, ललितपुरमा ५३ जना र भक्तपुरमा ४४ जना रहेका छन् ।