फाइल तस्वीर
काबुल — तालिवानले पञ्जशीर कब्जामा लिएको खबर आए लगत्तै काबुलको आकाशमा उत्सव मनाउन गरिएको गोलि प्रहार हुँदा केही मानिस हताहत भएका र केही घाइते भएका छन् । तालिवान विद्रोहीले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएपछि देशको राजधानी काबुलमा गोली प्रहार हुँदा कम्तिमा १७ जनाको मृत्यु हुनुको साथै अन्य ४१ जना घाइते भएका हुन् । पञ्जशिर उपत्यकालाई नियन्त्रणमा लिने क्रममा तालिवान र अवरोधक समूहबीच तीन दिनदेखि दोहोरो भिडन्त हुँदै आएको समाचारमा जनाइएको छ ।


टोलो न्यूजले जनाए अनुसार शुक्रबार राति सो घटना भएको हो । उक्त गोली काण्डमा परी १७ जनाको मृत्यु भएको र ४१ जना घाइते भएको टोलो न्यूजले उल्लेख गरेको छ । घाइते भएकाहरुलाई उपचारार्थ अस्पताल लगिएको समाचारमा जनाइएको छ । पञ्जशिर उपत्यका कब्जामा लिनबाट रोक्दै आएको अहमद मस्सौदले भने पाकिस्तानको सञ्चारमाध्यमले पञ्जशिर उपत्यकालाई तालिवानले कब्जामा लिएको कुरा असत्य भन्दै भ्रमणपूर्ण अफवाह फैलाएको भन्दै आलोचना गरेका छन् ।