काठमाडौं – साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मुल्य वृद्धि भएको छ । बिहीबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले घटेको भएता पनि आज शुक्रबार भने तोलामा एक सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बिहीबार २ सय रुपैयाँले सस्तिँदै ९० हजार ८ सय रुपैयाँ कारोबार भएको सुनको मूल्य आज शुक्रबार ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, यता चाँदीको मुल्य स्थिर रहेको महासङ्घले जनाएको छ ।