फाइल तस्वीर
वासिङ्टन–अमेरिकाको उत्तर–पूर्वी भागमा आएको भलबाढी र आँधी परी ४१ जनाको ज्यान गएको छ । यो घटना अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा भएको घटना हो । बाढी र आघीमा परी न्यू जर्सीमा कम्तिमा २३ जना, न्यूयोर्क सिटीमा कम्तिमा १४ जना र पेन्सिलभेनियाको फिलाडेलफिया नजिकै तीनजना तथा केनटिकटमा एकजनाको ज्यान गएको हो ।
न्यूयोर्क र न्यूजर्सी राज्यमा भीषणा वर्षा भएको थियो । मौसमविद्हरूले एक दिनमा ३ देखि ६ इन्चसम्म पानी पर्छ भनेकोमा सेन्ट्रल पार्कमा एक घण्टामै ३.१५ इजञ् पानी परेको न्यूयोर्कका मेयर बिल डे ब्लाजियोले बताएका छन् । समुद्री आँधी आइडाका कारण त्यहाँ अहिलेसम्मकै उच्च वर्ष भएपछि त्यस्तो विपद् देखा परेको समाचारमा जनाइएको छ ।

अमेरिकाको उत्तर–पूर्वी भागमा आएको बाढी र आँधीबेहरीमा ४१ जनाको मृत्यु जलवायु परिवर्तनको सङ्कटसँग जुध्न ‘ऐतिहासिक लगानी’ आवश्यक पर्ने अमेरिकी राष्ट्रपति जो वाइडनले बताएका छन् । जलवायुजन्य सङ्कटसँग जुध्न ऐतिहासिक लगानीको खाँचो रहेको राष्ट्रपति बाइडेनको भनाइ रहेको छ । राष्ट्रपति वाइडेनले जलवायुजन्य जोखिम न्यूनीकरण र त्यससँग जुध्नका लागि ठूलो लगानी आवश्यक पर्ने बताएका हुन् । अमेरिकाले देशैभरि जलवायुसम्बन्धी सङ्कट भोगिरहेको र त्यसको सामना गर्नु भनेको जीवन वा मरणको सवाल भएको बताएका छन् ।

राष्ट्रपति वाइडेनले अमेरिकाले पछिल्लो समय सघन रुपमै जलवायुजन्य विपत्ति र विनासको सामना गरिरहेको र यसलार्य जीवन र मृत्युको विषयका रुपमा लिइनु पर्ने उल्लेख गरेका छन् ।
समुद्री आँधीको आवृति र त्यसमा जलवायु परिवर्तनको असर कति पर्छ भन्ने अझै स्पष्ट छैन । तर, समुद्री सतहको तापक्रम बढ्दा त्यसमाथिको हावालाई तताउँछ र तुफान, चक्रवात र समुद्री हुरी अर्थात टाइफून उत्पन्न गर्न शक्ति प्रदान गर्छ भन्ने निश्चित छ । औद्योगिक युग सुरु भएयता विश्वमा औसत १.२ डिग्री सेल्सिअस तापक्रम वृद्धि भइसकेको छ ।

पछिल्लो केही दिनमा न्यूयोर्क सिटी र न्यू जर्सीमा भीषण वर्षा भएको छ । त्यहाँका केही बासिन्दाहरु बाढीका कारण घरको बेसमेन्ट तथा कारमा समेत फसेका छन् । आँधीमा जलवायु परिवर्तनको प्रभाव स्पष्ट भइसकेको छैन । तर समुद्री सतहको तापक्रम बढ्दा आँधीलाई थप शक्तिशाली बनाउन भने सहयोग पुगेको छ । केही समय अघि जर्मनलगायत केही युरोपेली देशहरुमा पनि भीषण वर्षा हुँदा ठूलो बाढी आएको थियो । त्यतिबेला जर्मनलगायतका केही देशहरुमा मानवीय र ठूलो भौतिक क्षति भएको थियो ।

योसँगै अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी ३ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा रहेका छन् ।