आगामी वर्ष २०२२ मा एसियाली राष्ट्र कतारमा हुने विश्वकप फुटबलको छनोट चरणको लागि भएको खेलमा स्वीडेनले स्पेनलाई पराजयको स्वाद चखाएको छ । कतार आयोजना हुने विश्वकप फुटबल खेल्ने युरोपेली देशबाट छनोटका लागि भएको खेलमा स्पेनले २८ वर्षपछि हार व्यहोरेको हो ।

आउँदो वर्ष आगामी संस्करण लागि कतारमा हुने विश्वकप फुटबलको छनौट अन्तर्गत बिहीबार राति भएको खेलमा स्वीडेनले स्पेनलाई २–१ गोलको अन्तरले पराजित गर्दै जित निकालेको हो । सन् १९९३ यता विश्वकप फुटबलको छनौट चरणमा स्पेनले पराजय भोगेको यो पहिलो हो ।

खेलको चांैथो मिनेटमा गोलको खाता खोलेको स्पेनलाई सोलेरले सुरुवाति अग्रता दिलाएका थिए । त्यसको लगत्तै एक मिनेट पनि वित्न नपाउँदै पाँचौँ मिनेट स्वीडेनका लागि त्रि इसाकले बराबरी गोल गर्दै आफ्नो टिमलाई खेलामा फर्काउँदा दोस्रो हाफ पछि ५७ औँ मिनेटमा क्लाइसनले स्वीडेनका लागि थप उक गोल गर्दै स्पेनलाई २–१ गोलले पछि पार्दा स्वीडेनको जित सुनिश्चित बन्न पुग्यो ।

विश्वकप छनोटका लागि लगातार तीन खेलमा जित निकालेको स्वीडेन ९ अङ्कसहित समूह ‘बी’ को शीर्ष स्थानमा छ भने चार खेलबाट सात अङ्क जोडेको स्पेन दोस्रो स्थानमा छ । सोही समूहको अर्को खेलमा कोसोभोले जर्जियालाई १–० ले पराजित गरेको छ ।

यसैगरी बिहीबार राति नै भएको अर्को खेलमा दुई महिना अघि युरोपक च्याम्पियन बनेको इटाली बुल्गेरियासँग १–१ को बराबरीमा रोकिएको छ । समूह सी अन्तर्गतको खेलमा बराबरीमा रोकिएको इटाली चार खेलबाट १० अङ्कसहित शीर्ष स्थानमा छ । अर्को खेलमा उत्तरी आयरल्याण्डले लिथुवानियामाथि ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको छ ।

त्यसैगरी अरु खेलमा जर्मनीले लिचेस्टाइनलाई २–०, रोमानियाले आइसल्याण्डलाई २–०, चेक गणतन्त्रले बेलारुसलाई १–० तथा बेल्जियमले इस्टोनियालाई ५–२ ले पराजित गर्दा उत्तरी मेसेडोनिया र अर्मेनियाले भने गोलरहित बराबरी खेलेका छन् ।