काठमाडौं – नेपाल र भारतबीच दशरथ रङ्गशालामा भएको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । नेपालका लागि अञ्जन विष्टले खेलको ३६ औं मिनेटमा गोल गरेका थिए भने भारतका लागि अनिरुद्ध थापाले खेलको ६० औं मिनेटमा गोल गरेका थिए । खेलको पुरा समय सकिँदा पनि कुनै टोलीबाट थप गोल नभएपछि ४ मिनेटको सयम थपिएको थियो । थप समयमा पनि गोल कुनै टोलीबाट हुन सकेन ।

किरण चेम्जोङको कप्तानीमा भएको खेलमा नेपालका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी रहेका थिए । नेपालले भारतसँग दुई खेल खेल्न लागेकोमा अबको दोस्रो खेल आइतबार खेल्ने भएको छ ।