काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर सामान्य बदली रहेको छ । प्रदेश एकका धेरै र प्रदेश दुई र बागमती प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश एकका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश एक, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । देशभर भारी वर्षा नभए पनि सामान्य पानी पर्दा यस अघिको झरीका कारण पहिरोको सम्भावना रहेकाले सतर्क हुन मौसमविद्को आग्रह छ ।