काठमाडौं – साताको चौथो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । हिजो मङ्गलबार बजारमा प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घटेर ९१ हजार कायम भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि हिजोको तुलनामा आज तोलामा २ सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँले घटेको छ । नेपाली बजारमा आज चाँदी एक हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।