मोरङ – मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गोठगाउँमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मोरङकै पथरी शनिश्चरे नगरपालिका–२ का ४३ वर्षीय वीरेन्द्र लिम्बूको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा धरानमा गए राति पौने ११ बजे मृत्यु भएको जनाइएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ६५०५ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको प्रदेश १, ०२, ०४१ प ९१२५ नम्बरको मोटरसाइकललाई हिजो बेलुका करिब साढे ८ बजे ठक्कर दिएको थियो । टिपर चालकलाई प्रहरीचौकी गछियाले नियन्त्रणमा लिएको छ ।