प्रतिकात्मक तस्वीर

काठमाडौं – काठमाडौं महानगरपालिका, १४ कुलेश्वरस्थित फलफुल बजारबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् । ३० लाख ७ हजार रुपैयाँ नगदसहित हिजो मङ्गलबार दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रे चौरीदेउराली गाउँपालिका, ३ का ३४ वर्षीय मीनप्रसाद गौतम र रमेश तिमिल्सेना रहेका छन् । मीन प्रसादले हुण्डी कारोबार गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले हुण्डी कारोबारमा प्रयोग भएको उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।