काठमाडौं – केहि दिनदेखि ओरालो लाग्न थालेको सेयर बजारमा लगातार गिरावट आइरहेको छ । साताको पहिलो दिन आइतबारदेखि ओरालो लागेको सेयर बजार आज तेस्रो दिन पनि घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज ६९ दशमलव ०५ अङ्कले घटेर २,९७५ दशमलव ८४ अङ्कमा सीमित भएको छ । आज बजार २ दशमलव २७ प्रतिशतले घट्दा नेप्से परिसूचक २,९७५ दशमलव ८४ अङ्कमा झरेको हो ।

साताको तेस्रो दिन आज २ करोड ३१ लाख ९ हजार ७ सय १३ कित्ता सेयर १३ अर्ब २५ करोड ९६ लाख ६ हजार १ सय ७ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ । आज सबै समुह घटेका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ४४७ दशमलव ९८ र निर्जीवन बीमा समूह ३७२ दशमलव ५८ अङ्कले घटेका छन् ।