काठमाडौं – प्रभु बैंक लिमिटेडले आजदेखि २ लाख ५२ हजार ७ सय २८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिशेयरको न्यूनतम मूल्य २ सय १० रुपैयाँ तोकिएको हुनाले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अङ्कित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था गरेको छ ।

शेयर खरिद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले भदौ २८ गतेसम्म बोलपत्र पेस गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।