पत्र–पत्रिकाबाट

काठमाडौं – प्रदेश १ सरकारले पूर्णता नपाउँदै बहुमत गुमाउने अवस्था देखिएको छ । बहुमत प्राप्त दल एमाले विभाजनको असर प्रदेशसभामा पनि प्रष्ट देखा परेपछि सरकारले बहुमत कायम राख्न नसक्ने अवस्था देखिएको हो ।

प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा एमालेसँग ५१ सांसद छन् । सरकार गठन गर्न आवश्यक ४७ भन्दा बढी सांसद भएको पार्टी विभाजनपछि एकीकृत समाजवादीतर्फ १० सांसद खुल्दा मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार बन्न नपाउँदै धरापमा परेको छ । यो समाचार आजको गोरखापत्र दैनिक मा प्रकाशित छ ।