पत्रपत्रिकाबाट

सडक, जलविद्युत्, सिँचाइ, विमानस्थल र खानेपानीलगायत २४ ओटा राष्ट्रिय गौरवका आयोजनाहरूमा सरकारले हालसम्म रू. ३ खर्ब ४९ अर्ब लगानी गरिसकेको छ । ती आयोजनामा यो रकम लगानी भइसक्दा हालसम्म माथिल्लो तामाकोशी जलविद्युत् आयोजना मात्रै सम्पन्न भएको छ । मेलम्ची खानेपानी आयोजना लगभग सम्पन्न भए पनि बाढीपहिरोका कारण क्षति हुँदा थप अन्योल देखिएको छ ।

गौरवका यी २ आयोजनाबाहेक अन्य आयोजनाहरू लामो समयदेखि निर्माणाधीन अवस्थामा छन् । माथिल्लो तामाकोशी र मेलम्चीबाहेक गौतम बुद्ध अन्तरराष्ट्रिय र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा भने केही प्रगति देखिएको छ । यी ४ आयोजनाबाहेक अन्य आयोजनामा उत्साहजनक प्रगति छैन ।

नेपालमा गौरवका आयोजनाहरू निर्धारित समयमै सम्पन्न भएका उदाहरण नै छैनन् । अर्थविद् सुमन शर्माले समयमा आयोजना सकिए मात्रै त्यसले दिने प्रतिफल राम्रो हुने तर्क गर्छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।