काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ९२ पीसीआर परीक्षण गर्दा १ हजार ९ सय २ जनामा र ४ हजार ३ सय ४१ एन्टिजेन परीक्षण गर्दा ३ सय ९३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १६ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ७ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८ सय ८ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । हाल देशभर ३५ हजार ८ सय ७४ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।