तस्वीर बीबीसी

काबुल– अफगनिस्तानको राजधानी काबुलमा मारिएका अमेरिकी सैनिकहरुको शव अमेरिका पु¥याइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यम माध्यम बीबीसीले काबुल एयरपोर्टमा भएको हमलामा मारिएका १३ अमेरिकी सैनिकहरुको शव अमेरिकी झण्डाले ढाकिएको कफिनमा अमेरिका पु¥याइएको जानकारी दिएको छ ।

डेलावेयरको डोभर एयर फोर्स बेसमा अमेरिकी राष्ट्रपति जो बाइडेन सहभागी भई उहाँले मृतक सैनिकहरुलाई श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । गत बिहीबार साँझ अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भएको विस्फोटमा १३ अमेरिकी सैनिकको मृत्यु भएपछि बाइडेनले बदला लिने चेतावनी दिनुभएको थियो ।