साङ्केतिक तस्वीर
धादिङ– धादिङ जिल्लाको गजुरी गाउँपालिका–५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ । छिनेको तार बनाउने क्रममा विद्युत् प्राधिकरणको पोलमा भ¥याङ राख्दा पोलमा विद्युत प्रबाह (सर्ट) भएपछि उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनु भएको हो ।

मृत्यु हुनेमा स्याङ्जा निवासी २७ वर्षीय बिमल परियार र पोखरा महानगरपालिका निवासी २४ वर्षीय उमाकान्त बराल रहेका छन् । सोही क्रममा घाइते हुनेमा पोखरा महानगरपालिका निवासी भुवन बराल रहेका छन् । घाइते बरालको उपचारको लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यलय गजुरीले जनाएको छ । मृत्यु भएका दुई जनाको धादिङस्थि गजुरी अस्पतालमा परीक्षणका लागि शव राखिएको छ ।