काठमाडौं– निरन्तर उतारचढाव भैरहने पहेंलो धातु छापावाल सुनको मूल्य र चाँदीको मूल्यस्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको भनाइअनुसार शुक्रबारदेखि सुनको भाउ स्थिर रहेको हो । जसअनुसार आज सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय र तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोवार भैरहेको छ । आज कायम भएको सुन चाँदीको मुल्य शुक्रबारदेखि स्थिर रहेको महासङ्घले जनाएको छ ।

यसैगरी, महासङ्घकाअनुसार विगत दुई दिनदेखि चाँदीको मूल्य पनि स्थिर रहेको छ । हिजो आइतबार प्रतितोला १० रुपैयाँले बढेको चाँदीको भाउ आज स्थिर छ । महासङ्घले बताएअनुसार आज चाँदीको भाउ प्रतितोला एक हजार २ सय १० रुपैयाँमा कारोवार भएको छ ।