फाइल तस्वीर

बेनी – पर्वतको जलजला गाउँपालिका–३ मल्लालको भिरबाट खसेको पहिरोका कारण कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पु¥याएको छ । उक्त घटनाको जानकारी कालीपुल टोल सुधार समितिका संयोजक ताराप्रसाद पुनले जानकारी दिनुभएको हो । उक्त बाढीले घर भत्काउँदा गोविन्द बुढा, सन्तु पुन र रेखा नेपाल घाइते हुनु भएको छ । घाइतेहरुलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि बेनी अस्पताल पु¥याएका छन् ।

आज बिहान कालीगण्डकी नदीमा छाल सहित आएको बाढीले बेनी नगरपालिका–८ कालीपुलस्थित बस्तिका आठ घरमा क्षति पुर्याएको थियो । पर्वतको जलजला गाउँपालिका–३ मल्लालको भिरबाट सो नदीमा पहिरो खस्दा बेनी–८ मा अवस्थित कालीपुल बजारमा छाल सहितको बाढी आएको थियो ।

उक्त ठाउँमा अहिलेपनि पहिरो खस्ने क्रम नरोकिएको र कालीपुल बजारका ३० घर थप जोखिममा परेको संयोजक पुनले जानकारी दिनुभयो । मध्यरातमा अविरल वर्षासँगै ठूलो आवाजमा पहिरो खसेपछि स्थानीयवासी भागदौड गरेर कालीपुलको माथिल्लो भागमा पुगेका थिए । स्थानीयवासीले रातभर सडकका पेटीमै आश्रय लिएका थिए ।

‘पहिरोसँगै घरभित्रै नदीको बाढी आयो, बृद्धबृद्धालाई बोकेर सुरक्षित स्थानमा सार्यौं, अझै जोखिम टरेको छैन, पहिरो खसेको ठाउँमा थप पहिरो जाने जोखिम छ’ त्यहाँका स्थानीयवासी सुरेश पुनले बताउनु भयो । उहाँँका अनुसार बजारमा आएको छालले घरसँगै खानेपानीका संरचनामासमेत क्षति पु¥याएको छ । छालले नदी नियन्त्रणको लागि बनाएको पर्खालमा लगाइएको फलामको तारबारसमेत पूर्णरुपमा भत्काएको छ ।

यसैबीच पहिरो र बाढीको चपेटामा परेकाहरुलाई कालीपुल क्षेत्रको अवस्थाका बारेमा बेनी नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मीलगायतको टोलीले स्थलगत निरीक्षण गरेका छन् । पहिरो खसेर आएको बाढीले पु¥याएको क्षतिको बारेमा अवस्था बुझ्ने काम भइरहेको र त्यहाको स्थानीयवासीलाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको वडा नं ८ का वडाध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिनुभएको छ ।