गुल्मीमा अविरल वर्षासँगै गएको पहिरोको कारणले गोठहरु भत्काउँदा पशुचौपायामा ठुलो क्षति पु¥याएको छ । जिल्लाका विभिन्न स्थानमा निरन्तर परेको पानीले धुर्कोट गाउँपालिका–५ वस्तुस्थित कृष्ण कुँवरको घर–गोठ भत्किँदा गोठमा रहेका दुईवटा भैंसी, पाडो र दुईवटा बाख्रा पुरिएको र मुसिकोट नगरपालिका–८ ठूलोखर्क बस्ने नरबहादुर पौडेलको गोठ पहिरोले भत्किँदा एउटा भैंसी र एउटा पाडो मरेका प्रहरीले जनाएको छ ।
पहिरोले पशुचौपायामा क्षति पुर्याएता पनि मानवीय क्षति भने नभएको र अहिले घरपरिवार आफन्तहरुको घरमा आश्रय लिइरहेको जिल्ला प्रहरी गुल्मीले जनाएको छ ।
यसैगरी अविरल वर्षाकै कारण गुल्मीदरबार गाउँपालिका–३ फुर्सेका कमलबहादुर कँुवरको दुईतले टिनले छाएको गोठ भत्किँदा चारवटा बाख्रा मरेका छन् भने मुसिकोट नगरपालिका–१ पौदीअमराईमा पहिरोले हीराबहादुर रानाको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको तर कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।