काठमाडौं – अविरल वर्षका कारण काठमाडौंको नागढुंगा स्थित चिसापानीमा पहिरो खसेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताउनु भएको छ ।


पहिरोका कारण नागढुंगाबाट एक किलोमिटर अगाडी चिसापानीमा गएको पहिरोले त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रिने सवारी साधनहरु पनि रोकिएको छ । पहिरोका कारणले गर्दा सवारी साधनहरु आवत जावत गर्न समस्या भएकोेले सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउने काम पनि भइरहेको एसपी बस्नेतले जानकारी दिनुभएको छ ।