बुटवल – अविरल वर्षाका कारण बुटवलको ज्योतिनगरमा पहिरो जाँदा दर्जनौ घरमा क्षति पुगेको छ । बिहान ६ बजेपछि ज्योतिनगरको चुरे पहाडबाट खसेको पहिरोले मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा पहिरो पसेको त्यहाको स्थानिय विष्णु गुरुङले बताउनु भएको छ ।


पहिरोले दर्जनौ घरमा क्षति पुगेको तर भागेर सुरक्षित भएकोले मानव क्षेति भने नभएको त्यहाको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पु¥याएर आवागमन अवरुद्ध भएको र त्यहाँ रहेको बिजुलीको पोलहरु समेत बगाएको छ ।


पहिरो गएपछि स्थानीयले क्षति पुगेको घरमा रहेका सामान सुरक्षित स्थानमा सारेको र पहिरोको जोखिममा रहेका अन्य स्थानीयलाई पनि अन्यत्र सार्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।