काठमाडौं – एभरेष्ट बैंकले काठमाडौंकै बूढानीलकण्ठमा शाखा विस्तार गरेको छ । योसहित एभरेष्ट बैंकको शाखा संख्या १ सय ५ पुगेको छ । नयाँ विस्तार भएको शाखाको उद्घाटन बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमार र बूढानीलकण्ठ नगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले गर्नुभयो । हालसम्म एभरेष्ट बैंकको करिब १२ लाख सन्तुष्ट ग्राहक रहेको पनि बैंकले जनाएको छ ।