काठमाडौं – बेलायत सरकारद्वारा एक लाख ३० हजार डोज कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोप नेपाललाई उपलब्ध गराएको छ । नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले ट्वीटरमार्फत खोप हिजो काठमाडौं आइपुगेको जानकारी दिनुभएको हो ।

राजदूत पोलिटले बेलायतले नेपाली जनतालाई महामारीसँग लडन यसअघि पनि भेन्टिलेटर, पीपीई लगायतका स्वास्थ्य सामग्री सहयोग गर्दै आइरहेको बताउनुभयो । बेलायतको सहयोगले कोरोना महामारीको उच्च जोखिममा परेका व्यक्तिलाई सहयोग पुग्ने विश्वास उहाँको थियो । उहाँले नेपाललाई उपलब्ध गराइएको खोप बेलायतले कोभ्याक्स सुविधा अनुदानबाहेक दुई पक्षीय सहयोगअन्तर्गत रहेको बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ट्वीटमार्फत बेलायत सरकारको सौजन्यमा एक लाख ३० हजार डोज एस्ट्राजेनेका खोप प्राप्त भएको बताउनुभएको छ । राज्यमन्त्री श्रेष्ठले सहयोगका लागि राजदूत पोलिटमार्फत बेलायत सरकार र बेलायती जनताप्रति आभार समेत व्यक्त गर्नुभएको छ ।