काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले यस वर्षको चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस ड्राईभ उत्सव योजना अन्तर्गत ७ दशमलव २९ प्रतिशत ब्याजदर मा विद्युतिय सवारी कर्जा लगायतका बिभिन्न सवारीसाधन योजनाहरु सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत सेवाग्राहीले ७ वर्षसम्मको अवधिका लागि ८ दशमलव १९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा अन्य सवारी साधन कर्जाका साथै ८ दशमलव ४९ प्रतिशतको स्थिर ब्याजदरमा ५ वर्ष अवधिको लागि जुनसुकै निजी सवारी कर्जा प्राप्त गर्न सक्ने भएका हुन् ।

यो योजना निजी प्रयोजनको लागि विभिन्न नयाँ सवारी साधन खरीदको लागि उपलब्ध हुनेछ । साथै कर्जा आवेदन प्रकृया पूरा भएको २ दिनभित्र कर्जा निर्णय गरिने बैंकले जनाएको छ । बजारमै सस्तो तथा सरल किस्ताबन्दीमा गाडी खरीद गर्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी बैंकले उक्त योजना ल्याएको हो ।

यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउने गरेको छ । हाल बैंकले ७ दशमलव ९९ प्रतिशत (प्रिमियम सहित) को ब्याजदरमै घर कर्जा योजना समेत सञ्चालन गरिरहेको छ ।