प्रतीकात्मक तस्वीर

ललितपुर – ललितपुर महानगरपालिका–२ सानेपा कालोपुलबाट ९ केजी बुद्धचित्तको दाना सहित एक जना पक्राउ परेका छन् । काठमाडौंको स्वयम्भू बस्ने काभ्रेपलान्चोक तेमाल गाउँपालिका–९ स्थायी ठेगाना भएका २९ वर्षीय रोज बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

ललितपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.२ ज ३६०७ नम्बरको ट्याक्सीलाई महानगरीय प्रहरी प्रभाग सानेपा ललितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त बुद्धचित्त फेला पारी तामाङलाई पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग सानेपाले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।