काठमाडौं – उपत्यकामा कोभिड–१९ विरुद्धको भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई आजदेखि भेरोसेलको दोस्रो डोज दिन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार गत साउन १४ गतेबाट भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई दोस्रो डोजको मात्रा दिन थालिएको हो । उहाँले आजदेखि तीन दिनसम्म चल्ने खोप अभियानमा पहिलो डोज लगाएका ५० वर्षभन्दामाथि उमेर समूहका नागरिकलाई खोप दिइने बताउनुभयो ।

यसैगरी उहाँले विश्व विद्यालयका प्राध्यापक एवं विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरु, खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिक र यसअघि भेरोसेलको दोस्रो डोज लगाउन छुटेका नागरिकलाई पनि कोभिड–१९ विरुद्धको भेरोसेल खोप दिइने बताउनुभएको छ ।

खोप लगाउन जाने नागरिकले पहिलो डोज लगाएको खोपकार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहितको नम्बरको आधारमा खोप दिइने छ ।
हेर्नुहोस् सूचना :