गुल्मी – अविरल परेको वर्षाका कारण आएको पहिरोले गुल्मीको रिडी–रुद्रावेनी सडक क्षतीग्रस्त भएको छ । सडक खण्डको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–२ साघुरे सडकमा माथिबाट ढुङ्गा र माटो खसे पश्चात् त्यहाँका स्थानीयहरुलाई अवरोध उत्पन्न भएको छ । निरन्तर रुपमा परिरहेको पानीका कारण पहिरो खस्ने क्रम बढिरहेकाले सडक खुलाउन समस्या भएको ट्राफिक प्रहरी पोष्ट रिडीका हवल्दार जगत खनालले बताउनुभयो ।

पहिरो खसिरहेको स्थानमा बुटवलदेखि रुऽवेणितर्फ जाँदै गरेको ध १च १४६ नम्बरको गाडी अड्किएको छ । गाडीलाई स्काभेटर प्रयोग गरेर सुरक्षित स्थानमा निकालिएकोे प्रहरी हवल्दार खनालले जानकारी दिनुभयो । सडक अवरुद्ध भएपछि दुबै तर्फका सवारी आवागमन तथा यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।