काठमाडौं – नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । हिजो २ सय रुपैयाँले घटेर ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एकैदिन अधिकतम ५ सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य समेत हिजोको तुलनामा ५ सय रुपैयाँले नै बढेर ९१ हजार १ सय रुपैयाँ कायम भएको छ । महासङ्घका अनुसारहिजो प्रतितोला एक हजार २ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घट्दै एक हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।