१.
प्रयासले गर्यो बडो अथाह प्रेम आत्ममा,
रहेँ अनन्त सुक्खमा मिलेर सुक्ख देहमा।
२.
प्रयास नै सदा सुखी बनाउने समाजमा,
बनिन्छ योग्य साच्चिकै अनेक भद्र माझमा।
✍️ पौडेल विमुन्स, पोखरा

१.
जन्मदै पूर्ण भएको मान्छे हुन्न संसारमा,
छानिन्छ एक प्रयासरत लाखौँ हजारमा।
२.
आरोह–अवरोहहरू बाटोमा आउँछन् जान्छन् सोच्नुपर्छ,
लगातार पाइला बढाए आफूतिर आफै सफल सर्छ।
✍️ म्यामराज राई, हतुवागढी–६,होम्ताङ्,भोजपुर
हालः–जापान

१.
जीवनमा सङ्कल्पको दियो सधैं तिमी बाल,
मनभित्र रहेका ती कलुषितलाई फाल ।
२.
समाजलाई सुसँस्कृत नै बनाउने सङ्कल्प गर्छु,
शिक्षाको ज्योति सबैतिर फैलाएर दिमागमा भर्छु ।
✍️ लक्ष्मी घिमिरे दहाल, दमक–७, झापा

१.
गरे कोशिश हात अवश्यै लाग्छ सफलता,
उद्देश्य छोडी आज युवाहरू जाँदैछन् कता ?
२.
प्रयास नै त हो खुडकिला जिउन सफल जीवन,
नछोड जाँगर, लाग निरन्तर, दिएर तन–मन ।
३.
खुशीमा धेरै नचम्की, दुःखमा कहिल्यै नरोई
सुखी हुन्छौ बुझ असल कर्मले जीवन धोई ।
✍️ रचना शर्मा प्रतीक्षा , ललितपुर

१.
जति गर्छु गल्ती उति बड्छन् गुरु,
अनि चेत फिर्छ हिड्न हुन्छ शुरु।
२.
जति लड्छु फेरि उठी लाग्छु हिड्न,
जहाँ भेटिन्छ जे थालीहाल्छु भिड्न।।
३.
शत्रुता मेरो कोही सँग छैन,
बगेको पानी काँही रोकिदैन।
✍️ होम प्र, नेउपाने , धरान,सुनसरी

१.
प्रयासको नदीमा बगेर म पुग्छु सागर,
हरेक कामलाई निकाली भर्नु छ जाँगर ।
२.
चढ्नेछु सगरमाथा म नाम्चेबाट माथि,
पाइला पाइलामा फुकेर चल्नु छ साथी ।
३.
प्रयासविना मुखमा आफैँ आउँदैन पानी,
तिर्खाले सक्दो कोसिस गरेर खोलीमा जानी ।
✍️ श्रीकृष्ण शर्मा, पोखरा

१.
हतास नहोऊ न प्रयत्नमा छौ तिमी भने,
समय आउँछ आँधी बेहरी आउँछन् गने।
२.
यात्रामा निस्किए पछि हुन्न फर्कनु साथी
डर भए पनि जित्नु , हुन्न तर्कनु जाति ।
३.
कहाँ सम्म पुगिन्छ हेर्दै जाऊँ,
नपुगे के भयो हिँड्दा रमाऊँ ।
✍️ पुष्पासायरा, बिराटनगर ।

१.
मेरो त लेख्ने कोशिस छ चलि नै रहेको,
पस्केपछि था हुन्छ ठिक वेठिक भएको।
२.
मन भित्रको आफ्नो प्रतिभालाई लेखें ,
कोरी पठाएपछि कति अशुद्ध देखें।
✍️ सुरेश कुमार पान्डे, दाङ

१.
प्रयासको सुन्दर नमुना नदी बाहेक के बन्छ?
अनवरत, हिउँद–वर्षा सागर भेट्न बहन्छ।
२.
घामले पोले पनि हिउँले कक्राए पनि अडिग छ हिमाल,
प्रगति पथमा अघि बढ्ने युवाकको यस्तै हुनु पर्छ चाल।
✍️ अरुण कुमार भुजेल , गोरूबथान,कालेबुङ्ग।

१.
सानातिना सहासले कहाँ बन्छ काम,
दैनिकको प्रयासले चल्न सक्छ नाम ।
२.
ईतिहास लेखिनेछ बिजेताको नाउँमा ,
आफ्नो पनि लेख नाम त्यहीँ एक ठाउँमा।
✍️ रामकृष्ण दुवाडी, पोखरा ।

१.
सलल बगेको पानी काही ठोक्किदैन,
गल्तीको आभास नभै कोही झोक्किदैन
२.
आफू सँग छ भन्दैमा हुन्न सर्किनु,
दुःख पीडामा छन् भने हुन्न तर्किनु।
३.
आफूले भलाइ सोचे भलै हुन्छ,
भलो गरे भगवानले नि सुन्छ।
✍️ सरस्वती श्रेष्ठ, इटहरी

१.
सुख त पाहुना हो दुःखकै हुन्छ आभास,
सबल जीवन जिउने गर्दैछु प्रयास ।
२.
अधुरै भयो नेपाल स्वर्ग बनाउने रह,र
खै कुन दुष्टले शान्तिमा मिलाइदिन्छ जहर ?
३.
प्रकृति मेरो सारथि कलम कापीको भर,
साहित्य लेखनमा सधैं बन्ने छु अग्रसर ।
✍️ रिजाल विनोद ,बेलबारी २ मोरङ

१.
चुनौति स्विकार गरी बढककौ हामी अगाडि,
खुट्टा कमाउककदै कहिल्यै नहटककौ पछाडि ।
२.
प्रयास नगरी सफलता मिल्छ कहाँ,
चोर पनि त राती मात्रै निस्कन्छ जहकका ।
३.
तिमी आफै अग्रसर नभए के पाउककछौ,
हात पाखुरा नखियाए खोइ के लाउककछौ ।
✍️ राजेशराज गड्तौला, रतुवामाई–१०, मोरंग
हाल– प्रवास

१.
हरेक दुःख सुख जे भए नि बढौं अगाडि,
खुट्टा तान्ने हजारौं हुन्छन् नहटौं है पछाडि।
२.
जे जस्तो सानो–तिनो भए पनि गर्नु पर्छ नि काम,
गाउँ समाजमा सेवा गरेर कमाउनु छ नाम।
३.
आफ्नो अठोट लक्ष्य लिएर दिनहुँ अगाडि बढ्नेछु,
बुढा–बुढी आमा–बाबाको सधैं सेवा गरेर पढ्नेछु।
✍️ शोभा अर्याल, बुटवल– १४, रुपन्देही

१.
सबैलाई राम्रो देख्न आफ्नै नजर सफा बनाऔं,
यसरी नै मनका पिडा बिर्सिएर खुसी मनाऔं।
२.
लाग्नुपर्छ जहिले पनि आफ्नै शिर उच्च पार्न,
नत्र साथी सँधै भरि पर्ला है उस्तै आँशु झार्न।
३.
सफलता मिल्छ एकदिन प्रयास गरे होकी हैन,
बुझौं सबैले गरे काम असम्भब केही पनि छैन।
✍️–पुर्ण बहादुर श्रेष्ठ “हृदयङकृत“, पनौती–३,काभ्रे

१.
लक्ष्यलाई चुम्नु पर्छ हिम्मत हार्नु हुन्न ,
सधै भरि प्रगतिपथ सक्नु पर्छ चुन्न।
२.
सबले मिली बनाउने हो आफ्नो ठाउँलाई,
प्रयास गरौ विकास गर्न जुटौँ दाजुभाइ।
३.
केही छैन असम्भव आँट गर्न सक्नु पर्छ,
उही पुग्छ लक्ष्य चुम्छ जसले प्रयास गर्छ।
✍️ नवशिला, बेलबारी– २, लालभित्ती,मोरङ ।

१.
औकात अनुसार मैले जिउँने प्रयास गरि बसेको
भारी बोकी गन्तव्य सम्म पुग्ने प्रयासमा बढी रहेको।
२.
दुःख गरेर पनि मेरो आफ्नो प्रयास जारी राखेको,
पुजापाठ गरेर सँधै देवी देवता सँग भाकेको ।
३.
अन्तिम निर्णए भनेको दैवकै हातमा,
बाँच्न प्रयाश गर्छु बाँकी प्रभुकै साथमा ।
✍️ लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा


लेख्न नआए नबन्नु हतास,
निरन्तर गर्नुपर्छ अभ्यास ।

सिर्जना हरदिन कहाँ आउँछ ,
प्यासी पानी पिउन स्वयं धाउँछ।
✍️ भगवती दवाडी, झापा

१.
निदाएका आँखा ती अब खोलेर जाग्नु,
टुक्का लेखन यात्रामा निरन्तर लाग्नु।
२.
भुत्ते खुकुरीमा चाडैं लगाएर धार,
गौरङ्गहरुको गर्छौ चुनौति स्वीकार।
३.
बनाऔँ हाम्रा दिन टुक्का लेखेर खास,
आजको टुक्का अभ्यास शीर्षक प्रयास।
✍️ रविन भण्डारी, मोरङ्ग

१.
सधैं तिम्रै मायाँ छ रगत रगतमा,
भुल्ने छैन गए पनि अन्तै जगतमा।
२.
कम्मरमा आँसी खुर्पेटो भिरी जान्छु मेलामा,
निष्ठुरी को याद आउँछ काम गर्ने बेलामा ।
✍️ प्रेम सुनार, दैलेख

१.
रविसाथ हिमाल मुस्कुराउँछ,
खुसीले डाँफे पखेटा फिजाउँछ।
२.
झरनाको चिसो पानी पर्छ शिरमा,
जताततै हरियाली छैनौ पिरमा।
✍️ बिना रोका, घोराही दाङ्ग।

१.
गन्तव्यमा पुग्नलाई जरुर छ प्रयास,
सफलताले दिन्छ परिश्रमको मिठास।
२.
कोशिश गरे सकिन्छ शिखर पनि छुन,
मन भैदियो कोमल सफलमा नि रुन।
३.
फुल पनि प्रयास गर्छ काँडाबिच फुल्न,
मानव भई कदापि हुन्न कर्तव्य भुल्न।
✍️ अम्बिका गिरी, विराटनगर

१.
जागरुक भइ कामगरे एकदिन सबै पुरा हुन्छ ,
सशक्त हुदै गर्नुपर्छ अवश्य लक्षले शिखर छुन्छ ।
२.
आ–आफ्नो लक्ष पुरागरी अघि लम्कन सकिन्छ ,
राम्रो कार्य देशमा गरे तारा भएर बाँचिन्छ ।
३.
सबैजना मिलिजुली यै देशमै काम गरौँ,
आ–आफ्नो कामको पौरख आफ्नै देशमा छरौँ ।
✍️ बेदु न्यौपाने, काठमाडौ

१.
दुःख कष्ट भुलेर सबैले अघि बढ्नु पर्छ,
सकारात्मक सोचले मात्र सही काम गर्छ।
२.
सिकौं अब उन्नतिमा शिर उच्च– पार्न ,
अल्छी गरे पर्न जान्छ सधै आँसु झार्न ।
३.
दृढ संकल्प लिएर अगाडि बढ्नू,
देशका लागि सत्मार्गको पाठ पढ्नू ।
✍️ दुर्गा भट्टराई, मोरङ

जय टुक्का ! जय साहित्य !!