काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज शुक्रबार देशका अधिकांश क्षेत्रको मौसम बदली हुनेर अधिकांश स्थानमा सामान्यदेखि मध्यमखालको वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको हुँदा मौसममा बदली भै पानी परिरहेको छ ।

प्रदेश एक र दुईका सार्थ बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एकदुई स्थानहरुमा मेघ गर्जनुको साथै चट्याङ्गसहित मध्यमदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

शुक्रबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश एक, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी तथा धेरै भारी र बाँकी प्रदेशका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा जनाइएको छ ।

अहिले बिहानदेखि बाग्मती प्रदेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही हल्का र मध्यम खालको वर्षा भैरहेको र बाँकी भूभागमा सामान्य बदली रहेको छ । प्रदेश एक, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ।