प्रतिकात्मक तस्वीर

कठमाडौं– महानगरीय अपराध महाशाखाले विभिन्न किसिमका धनमाल चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । १ लाख ८५ हजार ५ सय रुपैयाँ मूल्य बराबरको धनमाल चोरी गरेको अभियोगमा उनलाई प्रहरीले काठमाडौं महानगरपालिका–३२ बालकुमारीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ललितपुर बालकुमारी अस्थायी बसोबास गर्दै आएका महोत्तरी बर्दिबास नगरपालिका–८ रातोखोला घर भएका ३० वर्षीय झोक्की कुमार तोलाङ्गे रहेका छन् । प्रहरीले उनको साथबाट २ थान ल्यापटप र १ थान मोबाइल समेत बरामद गरेको छ । भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ लोकन्थलीस्थित नरेन्द्रराज सिजापतीको घरबाट जेठ १ गते राति उक्त धनमाल चोरी गर्ने कार्यमा संलग्न रहेको प्रहरीको दाबी छ ।

तोलाङ्गे बिजुलीको तार चोरी मुद्धामा २०७२ साल असोजमा पक्राउ परी जेल चलान भई २०७५ सालतिर छुटेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरीवृत्त भक्तपुर पठाइएको महाशाखाले जनाएको छ ।