काठमाडौं – नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशिका जारी गरी लघुवित्त वित्तीय संस्थालाई एनएफआरएसमा वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । लघुवित्त वित्तीय संस्थाहरुले पनि नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने भएको छ । राष्ट्रियस्तरका लघुवित्त वित्तीय संस्थाहरुले २०८९ असार मसान्तको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदनमान अनुसार समेत समानान्तर रुपमा तयार गर्नुपर्ने भएको हो ।

राष्ट्र बैैंकले जारी गरेको निर्देशिकामा भनिएको छ, ‘यस बैंकको निर्देशनमा तोकिएको अवस्थामा बाहेक वित्तीय विवरणहरु नेपाल लेखा मापदण्ड अनुसार तयार गर्नुपर्ने छ । नेपाल लेखा मापदण्डले समावेश नगरेका क्षेत्रहरुमा अन्तर्राष्ट्रिय लेखा मापदण्डलाई आधारको रुपमा लिनु पर्नेछ । थोक कर्जा कारोवार गर्ने र सर्वसाधारणबाट निक्षेप सङ्कलन गर्ने लघुवित्त वित्तीय संस्थाहरुले २०७८ असार मसान्तको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदनमान अनुसार समेत समानान्तर रुपमा तयार गर्नु पर्नेछ ।’

साथै, राष्ट्रियस्तरका लघुवित्त वित्तीय संस्थाहरुले २०७९ असार मसान्तको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदनमान अनुसार समेत समानान्तर रुपमा तयार गर्नुपर्ने भनी निर्देशिकामा उल्लेख गरिएको छ ।