हामी साधारण मानवको मन बुद्धि र क्षमता अनुसार ग्राह्य तत्व, परिचित आपसी ममता, प्यार, आदार–सम्मान र विश्वास एवं सामिप्यताको आधारमा नै हामी जीवन व्यतित गरिरहेका हुन्छांै । त्यसभन्दा परका तत्व वा वस्तुसँग खास सम्बन्ध रहँदैन । किनकी कुनै अज्ञात वा अग्राध्य वस्तुसँग हामी विश्वस्त हुन सकिरहेका हुँदैनौं । तसर्थ, त्यस्ता तत्व हाम्रा लागि सहजरुपमा ग्राह्य हुन सक्दैनन् । बुझ्ने प्रयत्न पनि खासै गर्दैनांै, जान्दैनौं र बुझ्दैनौं पनि ।


अब विचार गर्नुछ की, संसारमा विभिन्न धर्म प्रचलित छन् । आस्थाको केन्द्र त्यही परमतत्व भगवत (भगवान) के हुन्, किन मान्ने, मान्दा नमान्दा भेद के हुने ? जस्तै भगवान हाम्रो साधारण मनवृिद्धभन्दा परको विषय छ । त्यस्तै महापुरुष जो मानव शरीर धारण गरेर मानशैलीको बहिरङ्ग दिनचर्या यापन गर्ने गर्दछन् । जसको अन्तरङ्ग विषय बुझ्न हाम्रो मन, बुद्धि, इन्दृय असमर्थ रहन्छ । बुज्दैनन्, तर बुझ्ने मापदण्ड तयार गर्दछौं नाप्दछांै पनि । परिणाम सहि ठाउँमा गर्दैन । किनकी हाम्रो मनबृद्धि माइक छ (संसारी छ) । संसारी दृष्टि र सोच पनि माया बढ्दै छ । निश्कर्ष पनि सोहिअनुरुप आउँछ त भगवान र महापुरुषप्रति गलत धारणा बन्दछ । उल्टो अपराध गर्दछौ । दिव्य चिन्मय तत्वलाई संसारी भावना राख्नु नामावरध हो । जसले थोरबहुत बनेको सकारात्मक भावना पनि मर्दछ । श्रद्धा पैदाहुने कुरा नै भएन ।

अपराध माथि अपराध । हामी महापुरुषको सँगमा पुगेर पनि उनलाई आफ्नो लैंकिक बुद्धिले तौलने अनाधिकार चेष्टा गर्दछौं । ज्ञानीश्वर, योगीश्वरको जतिसम्म त हामी सहज पुग्न सक्दैनांै । महापुरुष र भगवानको गति त धेरै परेको विषय भयो । तर पनि हामी उनको, मुख, आँखा वा पुरा शरीर, व्यवहार नियाल्दछांै । केवल बहिरङ्गका विषय भगवत तत्व र महापुरुष तत्व विलकुल अन्तरङ्गको विषय होे भन्नेसम्म हाम्रो ध्यान पुग्दैन । र, पनि आफुले आफंैलाई विज्ञ ठान्दछौं । गुण तत्वसम्म नपुगी अलमलिन पुग्दछौं । सोहिअनुरुप धारणा पनि बन्ने गर्दछ ।


यहाँनेर एक दृष्टान्त जोडांै, एक पटक राजा जनको सभामा अष्टावक्र गए । उनको शरीर आठ ठाउँमा टेडो थियो । सायद हामीले कहिले देखेका पनि छैनौं होला, साच्चै त्यो शरीर कुन प्रकारको होला, कहि प्रदर्शनीमा राखिदिने भए सायद ठुलै धनराशीको आय होला । त्यहाँ ठूला ठूला विद्धान, दार्शनिक वेदज्ञ उपस्थित थिए । अष्टावक्र पुगे, सबजना स्वभाविक रुपमा होस्, सबलाई देखेर स्वयं पनि हाँसे । आयोजक जनकलाई भने यो सभामा सब चमारै चमार छन्, चमार जाति छालाको बारे विज्ञता राख्दछन् । गाई, भैंसी, मृग आदि जनावरको छालाको विशेषता, मुल्य जान्दछन् । सुनेको थिए, सबै विद्योतजनको उपस्थिति रहन्छ भन्ने ! तर सब चमार छन् भनेपछि सभा नै स्तब्ध बनेछ ।

जनक त विदेह परम्हंस हुन् । उनले भने अष्टावक्रलाई महाराज उपस्थित जन जान्न चाहन्छन् कि हामी कसरी चमार भयौं । दुःखी छन् । सुनः जनक यति पनि बुझ्दैनन् उपस्थित पण्डितहरु ! किन चमार भनियो भनेर ? शरीरमा खास के हुन्छ र भएपनि चर्म चच्क्षुले देख्नै पो के सक्दछ र ! भगवान र महापुरुषको दिब्य चिन्मय शरीर हुन्छ । बाहिरी आँखाले त्यसलाई देख्न असमर्थ हुन्छ । जे देखियो त्यो खास तत्व होइन, केवल छाला शरीरलाई देखेर हाँस्नु मुर्खता हो । जस्तो भावना थियो सोहिअनुसार आक्रोसित बने । अहम्कार आयो, त्यसकारण भगवानको शरीरलाई देखेर पनि आफ्नो दिब्यानन्द मिल्दैन । खासमा दिब्यानन्द त महापुरुषले मात्र प्राप्त गर्दछन् ।

महापुरुषको अलौकिकता पनि हामी बुझ्दैनांै । आफैं अल्पबुद्धि मात्र लगाउँछौं हर ठाउँमा । यो नै जीवनको प्रमुख गल्ती हो । अन्यमा कसका वाक्य, कृया, चेष्टालाई नियाल्ने दुष्प्रयत्न । किन यसो भने, किन यसो गरे, यी महापुरुष हुन् वा होईनन्, रिड गर्न थाल्नु आदि ।


अर्को घटना भएको थियो कि ब्रजका गोपिनीहरु आफ्नो इष्टदेप श्री कृष्णलाई पाउन कात्यायनीको व्रत बसेका थिए र व्रतको समानमा तयार प्रशादि अर्पणका लागि श्री कृष्णसँग सोधे । महान् गुरु कोछन्, बताई दिनुहोस् भने । उनले आफ्नो गुरु दुर्वाशालाई बताइ दिए । उनी यमुना नदिपारी बस्दछन् । गोपिनीले भने भाद्र महिनाको यमुना कसरी पार गर्ने ? श्री कृष्णले बताएको यही श्री कृष्ण अखण्ड ब्रह्मचारी हुन् भने यमुनादी हामीलाई बाटो दिनुहोस् मन भने सुन्नसाथ गोपिनीहरु आपसमा हेर्दै हाँस्न थाले, जसको अन्नत कोटी स्त्रीहरु छन्, उही अखण्ड ब्रह्मचारी रे । जेहोस् उनीहरुले बुद्धि लगाएनन् र यमुनामा पुगेर सोहिअनुसार पुकार गरे । यमुनाले बाटो दिईन । पार भए । सब अचम्मित भए ।

करोडौं गोपिनीले नगरेको ५६ ब्यञ्जन प्रसाद सम्पूर्ण ग्रहण गरे दुर्वाशाले । पुनः दुर्वाशासँग भने हामी आफ्नो परिवारमा फर्कनु छ । बाटो छैन । श्री कृष्णले एकतर्फि मात्र खोल्ने उपाय बताए । अब हजुरले उपाय बताइदिनु प¥यो भन्ने आग्रह गरे । उनले भने म अहिले केवल दुवोमात्र खाएर तपस्यामा छु ।

तसर्थ, यमुनासँग मन यदि दुवार्शा ऋषिले दुवोमात्र खाएर तपस्यामा छन् भने यमुना मैयाँ हामीलाई मार्ग देउ भन मिल्नेछ भने । पुनः गोपिनीहरु अचम्मित भए । त्यति ठूलो परिमाणको प्रशादी भर्खर खाएँ, तर यस्तो भन्छन् सन्त आज्ञा माने सोहिअनुसार मार्ग दिईन यमुनाले । अनि घर आए । यस प्रकारको लिला प्रसङ्ग शास्त्र वेदमा पाइन्छ । यसको बारे बुझ्न पुनः श्री कृष्णकोमा आए । उनले रहस्य बताइदिए भगवान र महापुरुषमा उच्च एक शक्ति हुन्छ, जसलाई योग माया भनिन्छ ।


त्यसद्वारा नै संसारी कार्य गर्दागर्दै पनि आफ्नो व्यक्तित्व कायम राख्दछ । वहिरङ्ग संसारीको अभिनय पनि गर्दछ । जस्तै अर्जुन, हनुमान आदिले नरसंहार गरे । द्रौपतिले पाँच पति मान्नु, नरबुद्धि अनुसार दृष्यमा फरक रहनु आदि । यसको वास्तविकता अलौकिक छ । योगमायाको कार्य हामी अनुभव गर्न सक्दैनांै । हामी मायावद्ध छौं । एकदेशको कानुन अन्यमा लागु नभए झै संसारी नियमको ठिक उल्टो भगवत कानुन हुन्छ । तसर्थ, मनबुद्धि नबनी हाम्रो बुिद्धभन्दा परको विषय हो भगवतक्षेत्र । अध्यात्मको गुण रहस्य, महत्व बुझेर यो जीवन सार्थक तुल्याउने उपायप्रति विश्वस्त हुँदै श्रद्धा पैदागरी सदा आनन्दित बन्ने जो कोहीलाई पनि छुट छ । किनकी मानव चोला प्राप्त गर्नु नै पहिलो भगवत कृपा हो । जय श्री राधे । 