काठमाडौं – मनसुनी वायु सक्रिय हुँदा आज बिहीबार पनि मुलुलभरको मौसम सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकभरीको मौससमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश एक र दुईका साथै बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थान र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मनसुनी वायुको सामान्य प्रभाव रहेको भन्दै मनसुनको न्यून चापिय रेखा तराई भू–भागको नजिक रहेको हुँदा बिहीबार दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै क्षेत्रमा सामान्यदेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश एक र दुईका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ । प्रदेश दुई, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् ।

यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश एक र दुईका साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यसैबिच पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्क रहन पनि महाशाखाका मौसमविद्ले आग्रह गरेका छन् ।