बुटवल – लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त हुनुभएको छ । सुवेदीले प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गर्नुभएको छ । उहाँलाई उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दीक्षितले शपथ ग्रहण गराउनुभएको हो ।
निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार रहँदा मुख्य न्यायाधिवक्ता रहेका ठाकुरप्रसाद डीसीले राजीनामा दिएपछि उक्त पद खाली रहेको थियो ।