काठमाडौं – काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा बढाइएको छ । आज बसेको काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञालाई यही भदौ १६ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार थप गरिएको निषेधाज्ञामा पुरानै ‘मोडालिटी’लाई निरन्तरता दिइएने बताउनुभएको हो ।