काठमाडौं – साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मुल्य बिस्तारै उकालो लागेको छ । साताको दोस्रो दिन हिजो तोलामा २ सय बढेको सुनको मुल्य आज भने ५ सय बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो नेपाली बजारमा छापावाला सुनको मुल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

महासङ्घका अनुसार हिजो ९० हजार ६ सय रुपैयाँ रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज तोलामा ५ सय रुपैयाँले बढेको हो । आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम गरिएको छ । यस्तै आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।