बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट अहिले विश्वासको मत लिदैं हुनुहुन्छ । प्रदेशसभाको अहिले बसिरहेको बैठकमा मुख्यमन्त्री केसीले आफूमाथिको विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको हो । संविधानको धारा १६८ को उपधारा २ ले व्यवस्था गरे अनुसार मुख्यमन्त्री केसीको नेतृत्वमा गठित सरकारले सोही धाराको उपधारा ४ बमोजिम विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार प्रदेशसभाबाट विस्वासको मत लिन प्रस्ताव पेस भएको हो ।

प्रदेशसभा बैठकलाई प्रमुख प्रतिपक्ष नेकपा एमालेले भने बहिष्कार गरेको छ । एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले आफूहरुलाई विश्वासको मतसम्बन्धी प्रस्तावबारे जानकारी नभएको भन्दै बैठकमा सहभागी नभएको बताएका छन् । प्रदेशसभा बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद तारा जिसी विपक्षी बेन्चमा बसेकी छन् ।