काठमाडौं – जापान सरकारले अनुदान स्वरुप प्रदान गरेको थप खोप काठमाडौं आइपुगेको छ । आज बिहान साढे ९ बजे कतार एयरलाइन्सको विमानबाट ५ लाख ५९ हजार ३ सय ६० मात्रा अष्ट्राजेनिका खोप आइपुगेको खोप व्यवस्थापन शाखाका प्रमुखले जानकारी दिनुभएको छ ।
यसअघि भाद्र ५ गते जापानबाट दुई लाख ८ हजार ७ सय डोज खोप काठमाडौं आइपुगेको थियो ।

जापानले नेपाललाई १६ लाख १४ हजार ७ सय ४० डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसमध्ये ११ लाख डोज खोप उपलब्ध गराएकोमा सोमबार बाँकी खोप नेपाल ल्याइएको खोप व्यवस्थापन शाखाले जनाएको छ ।