काठमाडौं – साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले वृद्धिको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजोको तुलनामा आज दुई सय रुपैयाँले वृद्धि हुँदै छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएको हो ।

यस्तैगरी आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै बढेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको मूल्य पनि आज प्रतितोला १० रुपैयाँले बढेर १ हजार १ सय ९० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।