काबुल— अफगानिस्तानमा भएको राजनीतिक परिवर्तन पछि त्यहाँको खेलकुल क्षेत्र समेत प्रभावित भएको छ । अफगानी खेलकुदमा अन्योलता बढिरहेको बेला अफगानिस्तान क्रिकेट बोर्डको अध्यक्षमा अजिजुल्लाह फाजिल फर्किएका छन् । तालिवान विद्रोहीले अफगानिस्तानको सत्ता आफ्नो हातमा लिएपछि फाजिलसँगको छलफल पश्चात् उनले पुनः अध्यक्षको जिम्मेवारी सम्मालेका हुन् ।

अजिजुल्लाह फाजिल यसअघि सन् २०१८ को सेप्टेम्बरपछि ११ महिना अफगानिस्तान क्रिकेट संघको अध्यक्ष बनेका थिए । विश्वकप क्रिकेटमा टोलीको कमजोर प्रदर्शनपछि फाजिलले आफ्नो पदबाट अलग भएका थिए । तालिवानका प्रतिनिधिले यसअघि अफगानिस्तान क्रिकेट बोर्डका अधिकारीसँग छलफल गरेका थिए ।

फाजिल अफगानिस्तानमा क्रिकेट स्थापित गर्ने पहिलो पुस्ताका खेलाडी समेत हुन् । अफगानिस्तानले निकट भविस्यमा श्रीलङ्कामा पाकिस्तानसँग एकदिवसीय श्रृङ्खला खेल्ने कार्यक्रम रहेको छ ।