काठमाडौं – साताको पहिलो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले घटेको हो । नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी आज तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले नै घटेर प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।