काठमाडौं – विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण दुई साताअघिदेखि पाटन अस्पतालमा उपचाररत वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । आज शनिबार विहान ४:४० बजे पाटन अस्पतालमा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

कोरोना सङ्क्रमित भएपछि थापालाई दुई साताअघि पाटन अस्पताल भर्ना गरिएको थियो । थापाले टेलिफिल्म हल्का रमाइलो , गोलमाल, भद्रगोल, मह सञ्चार, मेरीबास्सैमा अभिनय गर्नुभएको थियो ।