काठमाडौं – नेपाल आइडल चौथो सिजनको निर्णायकमा शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र सुवानी मोक्तानको पक्का हुनुभएको छ । आज निर्माण पक्षले निर्णायकहरुको नाम सार्वजनिक गरेको हो ।

यसअघिका तीन सिजनमा न्यूह बज्रचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी जजको रुपमा रहनुभएको थियो । तीन वर्षको सम्झौता सकिएपछि तीनै जना जजहरु अर्को शोमा पुग्नुभएको छ । त्यसैले आइडलले चौथो सिजनमा नयाँ जजहरु भित्राएको हो ।

निर्माण पक्षले दिएको जानकारी अनुसार चौथो सिजनको होस्ट आशिफ शाह र रेश्मा घिमिरेले गर्ने भएका छन् । नेपाल आइडल सिजन ४ को डिजिटल अडिसन पनि खुल्ला भइसकेको छ । ’एपिओएन’ एप डाउनलोड गरी प्रतियोगीहरुले अडिसन दिन सक्नेछन् । एपीवान टिभीबाट प्रशारण हुने आइडलको निर्देशन सुरेश पौडेलले गर्ने हुनुभएको छ ।