काठमाडौं – ललितपुरको प्रसिद्ध कुम्भेश्वर महादेव मन्दिरको जिर्णोद्धार कार्य सम्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा पाटन पुगी जिर्णोद्धार कुम्भेश्वर महादेव मन्दिरको पूजा गरेर उद्घाटन गर्नुभयो । पत्नी आरजुसहित कुम्भेश्वर पुग्नुभएका देउवाले मन्दिरका पुजारीबाट प्रसाद ग्रहणसमेत गर्नुभएको छ । वि.सं २०७२ वैशाख १२ र २९ गते गएको भूकम्पबाट मन्दिरमा क्षति पुगेको थियो । झण्डै तीन करोड रुपैयाँमा मन्दिरको जिर्णोद्धार गरिएको छ ।