काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । साधारण सभा प्रयोजनार्थ आजबाट भदौं १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेपछि कम्पनिको शेयरमुल्य समायोजन भएको हो ।

समायोजन पछि कम्पनिको शेयर मुल्य ६ सय ३४ रुपैयाँ पुगेको छ । हिजो कम्पनिको शेयर ६ सय ७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीको पन्ध्रौँ वार्षिक साधारण सभा भाद्र १८ गते, शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालय, बालुवाटारबाट भर्चुअल माध्यमबाट सञ्चालन हुने भएको छ । साधारण सभामा हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनश सेयर र ० दशमलव ५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका) लागि वितरणको प्रस्ताव पारित हुने छ ।

तसर्थ हिजोसम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरुले साधारण सभामा भाग लिन र १० प्रतिशत लाभांश पाउने छन् । साथै साधारण सभामा हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्ने छ । बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको २ः१ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभामा पेश गर्ने छ ।