काठमाडौं – साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य हिजोको तुलनामा ४ सय रुपैयाँले घटेकोहो । आज छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ तोकिएको छ । नेपाली बजारमा सुनको मूल्य घटेता पनि आज चाँदीको मूल्य भने उकालो लागेको छ । तोलामा १५ रुपैयाँले बढेको चाँदी आज प्रतितोला एक हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।