काठमाडौं – सरकारले बागमती प्रदेशको प्रमुखमा माधवकुमार नेपाल निकट यादव शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ । सत्ता गठबन्धनले हालका प्रदेश प्रमुख विष्णुप्रसाद शर्मालाई हटाएर यादवलाई सिफारिस गरेको हो । प्रदेश प्रमुखमा सिफारिस हुनुभएका शर्मा माधवकुमार नेपाल निकट हुनुहुन्छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्नुभएका विष्णुप्रसाद प्रसाईँलाई हटाउँदै आज बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सिफारिस गरेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

देउवा नेतृत्वमा सरकार बनेपछि गण्डकी, लुम्बिनी, प्रदेश दुई र बागमती प्रदेशका प्रमुख फेरिएका छन् । गत असार २८ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएपश्चात् मात्रै सरकारले चार जना प्रदेश प्रमुख फेरिसकेको छ । लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भइसक्नुभएको छ ।